- नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि निर्वाचनको मत परिणाम आउनेक्रम जारी रहेको छ ।
काठमाण्डौ, २३ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि निर्वाचनको मत परिणाम आउनेक्रम जारी रहेको छ ।
पछिल्लो मत परिणामअनुसार जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन् । यस्तै, महिला सदस्यमा गीता अमात्य र हीरा भट्टराई विजयी भए भने विजयी हुने अन्य सदस्यमा अर्जुन कुमार श्रेष्ठ, उज्वल प्रसाद कसजु, केशव प्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मोहन प्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल रहेका छन् ।
त्यस्तै, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र शिवप्रसाद घिमिरे विजयी भएका छन् । त्यस्तै वस्तुगत तर्फका विजयी १३ सदस्यहरूमा अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपतिदेव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रवीन पुरी, राजकुमार कार्की, लिलेन्द्रप्रसाद प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे रहेका छन् । यस्तै, चार उम्मेदवार निराजन चौलागाईं, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बञ्जाडेको समान ५०-५० मत आएपछि आधा आधा कार्यकाल सम्हाल्ने सहमति भएको छ । यस्तै वस्तुगत महासंघतर्फ सुनयना घिमिरे र विश्वनाथ खनाल विजयी भएका छन् ।
त्यसैगरी, भुगोलतर्फको कार्यकारिणी सदस्यमा कोशी प्रदेशबाट जीवन पराजुली र रमेश विक विजयी भएका छन् भने मधेश प्रदेशबाट विकास कुमार सारडा र अमरनाथ शाह विजयी भएका छन् । त्यसैगरी बागमती प्रदेशबाट सविन श्रेष्ठ र प्रकाश मानन्धर, गण्डकीबाट प्रविन्द्र कुमार श्रेष्ठ र सुविन श्रेष्ठ, लुम्बिनी प्रदेशबाट यसप्रसाद भट्टराई र बालकृष्ण सुवेदी, कर्णाली प्रदेशबाट पदमबहादुर शाही र पुरिचन्द्र देवकोटा र सुदूरपश्चिम प्रदेशबाट पिताम्बर जोशी र पदमराज चौलागाईं विजयी भएका छन् ।
अब एसोसियट्सतर्फको मत परिणाम सार्बजनिक हुन बाँकी रहेको छ । महासंघको निर्वाचनमा ७३ पदका लागि निर्वाचन भएको थियो, जसमा १३७ उम्मेदवार रहेका थिए । महासंघ विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् । बाँकी चार उपाध्यक्षसहित ७३ पदका लागि निर्वाचन भएको छ । साधारणसभाबाट निर्वाचित कार्यसमितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्नेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।